सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेका थिए।

केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित उपस्थित हुन सर्कुलर समेत जारी भएको स्रोतले बताएको छ। केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बस्नेछ। स्थायी कमिटी बैठकको मिति भने तोकिएको छैन।

प्रधानमन्त्री केपी ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाई विशाल भट्टराईलाई नियुक्ति गरेका छन्। ओली समूहको यो निर्णय आफूहरूलाई मान्य नहुने प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

" /> प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी बैठक बोलायो - Sarbocha Media

प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी बैठक बोलायो

`

     २०७७ फाल्गुन १७ गते ७:४६

काठमाडौँ, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तयार गरीएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेका थिए।

केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित उपस्थित हुन सर्कुलर समेत जारी भएको स्रोतले बताएको छ। केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बस्नेछ। स्थायी कमिटी बैठकको मिति भने तोकिएको छैन।

प्रधानमन्त्री केपी ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाई विशाल भट्टराईलाई नियुक्ति गरेका छन्। ओली समूहको यो निर्णय आफूहरूलाई मान्य नहुने प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?