आज (सोमबार) पोखरामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जुन हातले नाम लेख्यो त्यहीँ हातले नाम मेट्न पनि सक्छ । देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको थिएँ, मैले नै हटाएँ ।’

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख सचेतक गुरुङ उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लिएर गएका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुनः स्थापना गरेपछि ओलीले नेकपाको प्रमुख सचेतकबाट गुरुङलाई हटाएका हुन् ।

गत शुक्रवार ओलीले गुरुङलाई हटाएर आफूनिकट विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएका थिए ।

ओ‌लीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई विधि र प्रक्रियाबाट आफूलाई हटाउन चुनौती दिए ।

उनले भने, ‘उहाँहरू अध्यक्ष र महासचिवले बोलाएको बैठकमा आउनुहुन्न । विधिवत् रूपमा मलाई हटाउन सक्नुहुन्छ भने बैठक बोलाइदिन्छु ।’

उनले भने, अघिल्लो कार्यकालमा पनि आफूलाई माधव नेपाल,पुष्पकमल दाहाल र झलनाथ खनाल भएर हटाएको हुँ। यिनै माधव नेपाल, झलनाथ खनालले प्रचण्डलाई हटाइहाल्नुपर्छ भनेर हटाएँ ।

" /> देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको थिएँ, मैले नै हटाएँ : प्रधानमन्त्री ओली - Sarbocha Media

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको थिएँ, मैले नै हटाएँ : प्रधानमन्त्री ओली

`

     २०७७ फाल्गुन १७ गते १०:००

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देवप्रसाद गुरुङलाई आफूले प्रमुख सचेतक नियुक्त गरेको र हटाएको बताएका छन् । नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्ने भन्दै ‌ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको बताए ।

आज (सोमबार) पोखरामा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जुन हातले नाम लेख्यो त्यहीँ हातले नाम मेट्न पनि सक्छ । देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको थिएँ, मैले नै हटाएँ ।’

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख सचेतक गुरुङ उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लिएर गएका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुनः स्थापना गरेपछि ओलीले नेकपाको प्रमुख सचेतकबाट गुरुङलाई हटाएका हुन् ।

गत शुक्रवार ओलीले गुरुङलाई हटाएर आफूनिकट विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएका थिए ।

ओ‌लीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई विधि र प्रक्रियाबाट आफूलाई हटाउन चुनौती दिए ।

उनले भने, ‘उहाँहरू अध्यक्ष र महासचिवले बोलाएको बैठकमा आउनुहुन्न । विधिवत् रूपमा मलाई हटाउन सक्नुहुन्छ भने बैठक बोलाइदिन्छु ।’

उनले भने, अघिल्लो कार्यकालमा पनि आफूलाई माधव नेपाल,पुष्पकमल दाहाल र झलनाथ खनाल भएर हटाएको हुँ। यिनै माधव नेपाल, झलनाथ खनालले प्रचण्डलाई हटाइहाल्नुपर्छ भनेर हटाएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?