
लन्डनको महानगरीय प्रहरीले जोनाथनमाथि भएको आक्रमण जातीयताले घृणाले ग्रसित भएको बताएको छ।सीसीटीभी क्यामेराको सहयोगमा दोषीको खोजी भइरहेको प्रहरीले बताएको छ। जोनाथनले आफूमाथि यसअघि पनि नश्लीय आक्रमण भएको बताएका छन्।
‘२ वर्षदेखि म लन्डनमा पढ्दै आएको छु। धेरै पटक ममाथि नश्लीय आधारमा घृणामिश्रित टिप्पणी र व्यवहार गरिएको छ,’ उनी भन्छन्, ‘लन्डन नश्लीय छैन भनेर मलाई भन्नेहरुलाई भन्न चाहन्छु, फेरि एक पटक सोच्नुहोस्।’
डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण विश्वव्यापी रुपमा फैलिँदै गएपछि चिनियाँ नागरिक र पूर्वी एसियाका नागरिकमाथि जातिवादी आक्रमणका घटना भइरहेका छन्। ‘स्टप हेट युके’ का अनुसार पछिल्लो समय जातिवादी टिप्पणी, भेदभाव र गालीगलौचका घटनाका बारेमा जानकारी आइरहेको छ।त्यस्तै अमेरिकामा पनि रंगभेदी व्यवहारका घटना बढिरहेको छ।
वुहानबाट सुरु भएको कोभिड–१९ का कारण बुधबार दिउँसोसम्म ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बुधबारसम्म चीनमा मात्रै २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने ८० हजार २ सय ८२ जनामा संक्रमण देखिएको छ।
चीनबाहिर सबैभन्दा बढी इटालीमा ७९ जनाको मृत्यु भएको छ। इटालीमा २ हजार ५ सय २ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ७७ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३६ जनाको संक्रमण देखिएको छ।
त्यस्तै दक्षिण कोरियामा ५ हजार ६ सय २१ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ।त्यस्तै बुधबार दिउँसोसम्म अमेरिकामा ९, जापानमा १२, फ्रान्समा ४, हङकङमा २ तथा स्पेन, थाइल्यान्ड, अस्ट्रेलिया, ताइवान, इराक, सान मारिनो तथा फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए