advertisement

कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्र १ सय २० र उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु व्यवस्था गर्न लागेको बताइएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ ।

" /> कोरोना भाइरस सङ्क्रमितका लागि काठमाडौं उपत्यकामा तीन अस्पताल छुट्याइएको छ : मन्त्री ढकाल - Sarbocha Media

कोरोना भाइरस सङ्क्रमितका लागि काठमाडौं उपत्यकामा तीन अस्पताल छुट्याइएको छ : मन्त्री ढकाल

`

     २०७६ चैत्र ०३ गते १:४७

काठमाडौं, ३ चैत । सरकारले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको जनाएको छ ।

सरकारले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि तत्काल तीनवटा छुट्टै अस्पताल तयारी गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । उहाँले आइतबार राष्ट्रियसभाको बैठकमा कोरोनाको सङ्क्रमण देखिए उपचारका लागि विशेष तयारी गरेको बताउनुभएको हो।

advertisement

कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्र १ सय २० र उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु व्यवस्था गर्न लागेको बताइएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?