काठमाडौं, ०२ चैत । काठमाडौंको दरबारमार्गमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले चार हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।

प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेका थिए ।




