काठमाडौं, ३ चैत। सार्कका राष्ट्र प्रमुखहरुको भिडियो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणको सामना गर्न कोष खडा गर्ने प्रस्ताव गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले उक्त कोषमा भारतले एक करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्नुभएको हो। आइतबार साँझ भएको भिडियो सम्मेलनमा उहाँले उक्त कोष खडा गर्ने प्रस्ताव गर्नुहुँदै सहयोग राशीको घोषणा गर्नुभयो ।

आवश्यकता बमोजिम दक्षिण एशियाका आठवटै राष्ट्रले उक्त कोषको सदुपयोग गर्ने प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो ।




