advertisement

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेपछि एकीकृत रणनीति बनाउने योजना छ ।

" /> कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न सार्क नेताबीच आज भिडियो कन्फरेन्स - Sarbocha Media

कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न सार्क नेताबीच आज भिडियो कन्फरेन्स

`

     २०७६ चैत्र ०२ गते ३:३४

काठमाडौं, ०२ चैत । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज (आइतबार) भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने जनाइएको छ।

भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ । भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले सार्क देशहरुले कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाउने बताएका छन् ।

advertisement

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेपछि एकीकृत रणनीति बनाउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?