advertisement

परीक्षण गरिन लागेको खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटिन उत्पादन गर्न सक्रिय बनाउने योजनाअनुसरा यसमा अनुसन्धानरत वैज्ञानिकहरू निरन्तर खटिएका छन् ।

" /> अमेरिकामा कोरोना भाइरसविरुद्ध खोपको पहिलो मानव परीक्षण सुरू हुने - Sarbocha Media

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोपको पहिलो मानव परीक्षण सुरू हुने

`

     २०७६ चैत्र ०३ गते ४:२०

एजेन्सी, ३ चैत । अमेरिकामा कोरोना भाइरसविरूद्धको खोपको परीक्षण गरिन लागेको छ । अमेरिकाले पहिलोपटक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप (भ्याक्सिन) मानवमा परीक्षण सुरु गर्न लागेको हो ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमबार (आज) हुने बीबीसीले जनाएको छ । पहिलो चरण परीक्षण हुन लागेको यस खोपमार्फत शरीरको प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ ।

advertisement

परीक्षण गरिन लागेको खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटिन उत्पादन गर्न सक्रिय बनाउने योजनाअनुसरा यसमा अनुसन्धानरत वैज्ञानिकहरू निरन्तर खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?