उनले व्यक्तिगत रुपमा उक्त रकम प्रदान गरेका हुन्। मन्त्रालयमा शुक्रबार मन्त्री आलेले चिडियाखानाका प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेललाई उक्त रकम प्रदान गरेका हन्।
कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी भएको र जनावरलाई आहाराका लागि रकम अभाव भएकोले मन्त्री आलेले रकम प्रदान गरेको उनका निजी सचिव रविन ग्यालनले जानकारी दिए।
मन्त्री आलेले चिडियाखानामा रहेका जनावरको आहारा तथा व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले प्रदान गरेको रकमले हात्तीका लागि एक महिनाको खाना व्यवस्थापनमा निकै सहयोग पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले जानकारी दिए।
चिडियाखानामा रहेका जनावरका लागि आहारामा समस्या भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २५ औँ वर्षका अवसरमा जनावरको आहारा र व्यवस्थापनका लागि ‘एडप्ट एनिमल’ भन्ने अभियानसमेत शुरुआत गरेका थिए।
उक्त अभियानलाई साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिँगे गैँडाका लागि एक महिनाको आहाराका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए