काठमाडौँ, १० चैत। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोलामा ३ सयले घटेको छ । सोमबार प्रतितोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कायम रहेको जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार घटेर तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




