काठमाडौँ, १२ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ २ सयले बढेको छ ।
बुधबार प्रतितोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर प्रतितोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै बिहीबार चाँदीको भाउ प्रतितोलामा १० रूपयाँले घटेको छ । बुधबार प्रतितोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




