काठमाडौँ, ९ चैत । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको प्रतितोला २ सय रुपैयाँ घटेको छ ।
आइतबार भन्दा सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको जनाएको छ ।
योसँगै, सोमबार चाँदीको भाउ प्रतितोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।




