काठमाडौँ, ११ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधवार सुनको भाउ स्थिर रहेको छ। बुधवार सुनको भाउ अघिल्लो दिन अर्थात मंगलवारको मूल्यमा नै खरीदविक्री भइरहेको जनाएको छ ।
बुधवार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपंयाँमा कारोबार भएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपयाँमा कारोबार भएको छ। मंगलवार तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
योसँगै बुधवार चाँदीको भाउ भने प्रतितोमा १० रूपयाँले घटेको छ । मंगलवार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १ हजार २ सय ४० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।




