वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ६८ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेका छन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–१३ कामना टोलस्थित डेरा गरी बस्ने सन्य गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण गुरूङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

" /> तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ - Sarbocha Media

तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

`

     २०७७ चैत्र ०९ गते ८:२२

कास्की, ९ चैत । पोखरा महानगरपालिका–८ सिमलचौरस्थित बुद्धिमाया तामाङको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ५६ वर्षीया सममायाँ गुरुङ समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ६८ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेका छन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–१३ कामना टोलस्थित डेरा गरी बस्ने सन्य गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण गुरूङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?