काठमाडौँ, १३ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोलामा ६ सयले घटेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार प्रतितोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको भने सुन भाउ शुक्रबार प्रतितोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएका जनाएको छ ।
यस्तै रतेजाबी सुन प्रतितोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै बिहीबार चाँदीको भाउ तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि सोही भाउमा कारोबार भइरहेको जनाएको छ ।




