सरकारले सिमानाको रक्षाको लागि कुनै किसिमको पहल कदमी थाल्न नसक्नु राज्य विरूद्घ अपराध भएको भनेर अधिवक्ता कञ्चनकृष्ण श्रेष्ठ, सुजित केसी र ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले सर्वोच्चमा रिट हालेका छन् । देशको अनगिन्ती ठाउँमा सिमाना मिचिँदा पनि सरकार मूकदर्शक भएर बस्दा नेपाली जनतालाई गम्भीर आघात परेको रिट निवेदनमा उल्लेख छ ।

संविधानमा नेपाली भू–भागमा विदेशी सेना आएर बस्ने व्यवस्था नभएको तर कालापानीमा वर्षौँदेखि भारतीय सेना नेपालको जमिन हडपेर बसेको छ । नेपाली भू–भाग २००७ सालदेखि पटक पटक कैयौँ ठाउँमा भारतले मिच्दै आएको छ । यसरी नेपाली जमिन मिचिएको सरकार र भूमि व्यवस्था मन्त्रालयलाई स्पष्ट जानकारी हुँदाहुँदै पनि नजरअन्दाज गरेर बस्दा राष्ट्रघात भएको रिटमा दाबी गरिएको छ ।

नेपालको नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा छैन । त्यसैले, लिम्पियाधुरा सम्मको जमिन भएको नक्सा जारी गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नाउँमा अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट निवेदन पेस गरिएको छ ।

रिटमा भनिएको छ कि भारतले अनगिन्ती ठाउँमा सिमाना मिच्दा पनि सीमा रक्षाको लागि सरकारले कुनै कदम नचाल्नु राज्य विरूद्घको अपराध हो । सुगौली सन्धि पूर्व नेपालको क्षेत्रफल २,०४,९१७ वर्ग किलोमिटर थियो । त्यस बेला नेपालको सिमाना पूर्वमा टिस्टा नदी देखि पश्चिममा सतलज नदी सम्म फैलिएको थियो । अहिलेको क्षेत्रफल भने १,४७,१८१ वर्ग किलोमिटर रहेको सरकारी तथ्याङ्क छ ।

कालापानी लगायत देशको विभिन्न भागमा भारतले मिचेको सिमाना सच्याउँदै गुमेको भू–भागको संरक्षण गरी तत्काल स्वामित्व ग्रहण गर्न आवश्यक कुट्नीतिक पहल थाल्न रिट मार्फत परमादेशको माग गरिएको छ ।

राज्य भएको आभास आम नागरिकलाई दिऊँ ।

" /> राजनीति Archives - Page 584 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए