
लिपुलेकको जन गणना वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए । उनले सो जन गणना २०१८ सालमा तथ्याङ्क विभागको अधिकृत भएका बेला गरेका थिए ।
रिसालका अनुसार त्यति बेला २०१८ साल असार ८ गतेसम्म जन्मिएका व्यक्तिको गणना गर्नुपर्ने थियो । उनका अनुसार त्यो बेला नेपालमा जम्मा ३५ जिल्ला मात्रै थिए ।
रिसाललाई तत्कालीन सरकारले अधिकार दिएअनुसार मुखिया र गणक भर्ना गरेर जन गणना कार्य सम्पन्न गरेका थिए । लिम्पियाधुरा र सिङ्गो महाकाली पारीको जन गणना उनले गराएका थिए ।
लिम्पियाधुरा क्षेत्र भित्र पर्ने लिपुलेकको जन गणना गर्ने म ज्युँदै छु, यो ठाउँ हाम्रै हो भन्ने कुरामा त विवाद गर्नुपर्ने कुनै ठाउँ नै छैन, उनी भन्छन् ।



