राष्ट्रियताको विषय लिएर डाक्टर केसीले अनशन स्थगित गरेका छन् । अनशन तोडेसँगै केसीले नेपालको लिम्पियाधुरा देखि लिपुलेक बिचको सीमा भारतले मिचेकोले आफू लगायत सम्पूर्ण नेपाली अत्यन्त मर्माहत भएको बेहोराको चिठी लेखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्प्रेषण गरेका छन् ।

पत्रमा केसीले नेपाल–भारत सम्बन्ध अनादिकादेखि चल्दै आएको र सामाजिक तथा सांस्कृतिक रूपले एक अर्कामा अन्योन्याश्रित भएकोले दुवै देश मिलेर सुमधुर सम्बन्धका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । आर्थिक एवम् रोजगारीको हिसाबले नेपाल र भारत बिच पारस्परिक अन्तर सम्बन्ध छ । कुशासन, भ्रष्टाचार र असमानता दुवै देशमा चुलिँदो छ । गरिबी, अशिक्षा र रोगले सिङ्गो दक्षिण एसिया प्रताडित छ । त्यसकारण बरु यस्ता साझा समस्यासँग सबै नेपाल–भारत लगायत सम्पूर्ण दक्षिण एसियाली मुलुक मिलेर जुधौँ न, एक अर्कामा थिचोमिचो किन गर्ने भन्ने आशय केसीले पत्रमा जोडदार ढङ्गले उठाएका छन् छन् ।

आत्म सम्मानको हिसाबले देश सानो र ठुलो सबै उस्तै हो, अन्य देशले भारतको सीमा मिच्दा जसरी भारतीय नागरिकलाई दुख्छ ठिक त्यसरी नै नेपालको सीमा मिचिँदा नेपालीलाई दुख्छ जस्ता थप मर्मस्पर्शी कुराहरू डा. केसी पत्रमा उल्लेख गर्छन् ।

अन्तमा, डा. केसीले नेपाल मजबुत र समृद्ध हुँदा मात्र भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुने भन्दै भूमि अतिक्रमण बन्द गरी नक्सा सच्याएर पारस्परिक विश्वास र मैत्रीपूर्ण वातावरण निर्माण गर्न पत्रमा मोदीलाई आग्रह गर्दै यही समस्याको कारण आफूले अनशन तोडेको पनि उल्लेख गरेका छन् ।

" /> राष्ट्रियताको विषय लिएर डा. केसीले गरे अनशन स्थगित - Sarbocha Media

राष्ट्रियताको विषय लिएर डा. केसीले गरे अनशन स्थगित

`

     २०७६ कार्तिक २६ गते २:३१

राष्ट्रियताको विषय लिएर डाक्टर केसीले अनशन स्थगित गरेका छन् । अनशन तोडेसँगै केसीले नेपालको लिम्पियाधुरा देखि लिपुलेक बिचको सीमा भारतले मिचेकोले आफू लगायत सम्पूर्ण नेपाली अत्यन्त मर्माहत भएको बेहोराको चिठी लेखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्प्रेषण गरेका छन् ।

पत्रमा केसीले नेपाल–भारत सम्बन्ध अनादिकादेखि चल्दै आएको र सामाजिक तथा सांस्कृतिक रूपले एक अर्कामा अन्योन्याश्रित भएकोले दुवै देश मिलेर सुमधुर सम्बन्धका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । आर्थिक एवम् रोजगारीको हिसाबले नेपाल र भारत बिच पारस्परिक अन्तर सम्बन्ध छ । कुशासन, भ्रष्टाचार र असमानता दुवै देशमा चुलिँदो छ । गरिबी, अशिक्षा र रोगले सिङ्गो दक्षिण एसिया प्रताडित छ । त्यसकारण बरु यस्ता साझा समस्यासँग सबै नेपाल–भारत लगायत सम्पूर्ण दक्षिण एसियाली मुलुक मिलेर जुधौँ न, एक अर्कामा थिचोमिचो किन गर्ने भन्ने आशय केसीले पत्रमा जोडदार ढङ्गले उठाएका छन् छन् ।

आत्म सम्मानको हिसाबले देश सानो र ठुलो सबै उस्तै हो, अन्य देशले भारतको सीमा मिच्दा जसरी भारतीय नागरिकलाई दुख्छ ठिक त्यसरी नै नेपालको सीमा मिचिँदा नेपालीलाई दुख्छ जस्ता थप मर्मस्पर्शी कुराहरू डा. केसी पत्रमा उल्लेख गर्छन् ।

अन्तमा, डा. केसीले नेपाल मजबुत र समृद्ध हुँदा मात्र भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुने भन्दै भूमि अतिक्रमण बन्द गरी नक्सा सच्याएर पारस्परिक विश्वास र मैत्रीपूर्ण वातावरण निर्माण गर्न पत्रमा मोदीलाई आग्रह गर्दै यही समस्याको कारण आफूले अनशन तोडेको पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?