advertisement

‘किमले आफ्ना बडी डबल प्रयोग गर्ने गरेको तथ्य कसैबाट लुक्न सकेको छैन,’ इन्टरनेशनल बिजनेस टाइम्स (आइबीटी)ले भन्यो । सन् २०१७ मा सनले किम जोङ उनले आफ्ना केही बडी डबललाई भेटेको भिडियो सार्वजनिक गरेको थियो । आइबीटीका अनुसार मानवाधिकारकर्मी जेनिफर जेङले यी दुई बीचको भिन्नताबारे पहिलो पटक कुरा गरेपछि यसले धेरैको ध्यान आकृष्ट गरेकोहो ।

‘मे १ मा देखिएका किम जोङ उन सक्कली हुन् ?’ उनले ट्वीटरमा किमका नयाँ र पुराना तस्बिरबीच गरिएको तुलनासहितको तस्बिर पोस्ट गर्दै सोधिन् ।

दाँतमा भिन्नताः

सोसल मिडियामा सेयर गरिएको तस्बिरलाई ट्वीट गर्दै बेलायतकी लुईजी मेन्सले पनि सार्वजनिक भएका व्यक्ति किम नभएको दाबी गरेकी छिन् । यी दुई तस्बिरमा किमको दाँतमा स्पष्ट भिन्नता देख्न सकिन्छ जसको आधारमा यी दुई व्यक्ति भिन्न भएको बताइएको छ । यद्यपि, यसमा जुन नक्कली कम बताइएको छ, त्यो तस्बिर एडिट गरिएको पनि दाबी गरिएको छ किनभने त्यो प्योङ्गयाङमा खिचिएको ताजा तस्बिरसँग मेल खाँदैन ।

कान पनि भिन्नः

यसबाहेक किमको कान पनि भिन्न भएको बताइएको छ । पुरानो र नयाँ तस्बिरमा कानको लोती भिन्न देखिएको छ । यद्यपि, अन्य केहीले दाबी गरेअनुसार यो तस्बिर निकै पुरानो हो । त्यतिबेलादेखि अहिलेसम्म किमको अनुहारको बनोट अत्यधिक परिवर्तन भइसकेको छ ।

शल्यक्रियाको दाबीः

सबैभन्दा धेरै चर्चा सायद किमको नाडीमा देखिएको चिन्हको विषयमा भइरहेको छ । उक्त दाग अथवा चिन्ह शल्यक्रियाको हो भन्ने अड्कलबाजी गरिएको छ । शल्यक्रियापछि नै उनको स्वास्थ्य खराब भएको भन्ने अफवाह उडेको थियो । यहाँसम्म कि कतिले त उनको मृत्यु नै भइसकेको दाबी गरेका थिए । यद्यपि, दक्षिण कोरियाले उनको कुनै पनि शल्यक्रिया नभएको दाबी गरेको छ ।

बहिनी पनि नक्कली ?

रोचक कुरा के छ भने किम मात्रै होइन, उनकी बहिनी पनि नक्कली भएको दाबी गरिएको छ । उनको तस्बिर पनि पुरोना तस्बिरसँग दाँजेर प्योङ्गयाङले केही दिन अघि आयोजित कार्यक्रममा उनको पनि बडी डबललाई उपस्थित गराइएको दाबी गरिएको छ ।

" /> मुख्य खबर Archives - Page 999 of 1063 - Sarbocha Media

मुख्य खबर

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए