काठमाडौं, २५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले भयावह रुप लिन सक्ने बताएका छन् ।
‘प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै उक्त बताएका हुन् । उनले आफ्नो महामारीलाई रोबकथाम गर्नका लागि सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा कोरोना महामारीको स्थिति भयावह नभएको भन्दै सबै सजग हुनु आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेका छन् । उनले अजा बुद्ध जयन्तीमा आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि अग्रह गरेका छन् ।




