advertisement

पछिल्लो समय निको भएकाहरुमा पनि फेरि संक्रमण देखिएको कारण डिस्चार्ज भए पनि तिनीहरुलाई घरमा भने नपठाइने बताइएको छ । डिस्चार्ज भएका उनीहरुलाई विराटनगर–१४ को रानी मर्कजमा राखिने कोशी अस्पताल विराटनगरले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका १३ जना भारतीयमा कोरोना फेला परेको थियो । उनीहरुमध्य ६ जना निको भएर डिस्चार्ज भएका हुन् ।

" /> भुल्के मस्जिदमा लुकेर बसेका १३ जना भारतीय नागरिक मध्य ६ जना कोरोना मुक्त - Sarbocha Media

भुल्के मस्जिदमा लुकेर बसेका १३ जना भारतीय नागरिक मध्य ६ जना कोरोना मुक्त

`

     २०७७ वैशाख २४ गते ४:४९

विराटनगर, २४ वैशाख। कोरोना भाइरस संक्रमण देखिएका ६ जना भारतीय नागरिक उपचारपछि कोरोनाबाट मुक्त भएका छन् ।

विराटनगरमा उपचार भइरहेका उनीहरुलाई अस्पतालले आज डिस्चार्ज गरेको हो । तीनवटा परीक्षणमा पनि कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको जनाइएको छ ।

advertisement

पछिल्लो समय निको भएकाहरुमा पनि फेरि संक्रमण देखिएको कारण डिस्चार्ज भए पनि तिनीहरुलाई घरमा भने नपठाइने बताइएको छ । डिस्चार्ज भएका उनीहरुलाई विराटनगर–१४ को रानी मर्कजमा राखिने कोशी अस्पताल विराटनगरले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका १३ जना भारतीयमा कोरोना फेला परेको थियो । उनीहरुमध्य ६ जना निको भएर डिस्चार्ज भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?