advertisement

त्यस्तै पश्चिम बंगालमा एक हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेका छन् भने १४० जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार आठ सय ८० जनामा संक्रमण हुँदा ५६ जनाको ज्यान गइसको छ । बिहारमा हालसम्म ५३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको ज्यान गएको छ ।

" /> भारतमा कोरोना संक्रमण तिव्र गतिमा बढ्दै, २४ घण्टामा दुई हजार नौ सय ५८ नयाँ संक्रमित - Sarbocha Media

भारतमा कोरोना संक्रमण तिव्र गतिमा बढ्दै, २४ घण्टामा दुई हजार नौ सय ५८ नयाँ संक्रमित

`

     २०७७ वैशाख २४ गते ५:५९

काठमाडौं, २४ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढिरहेको छ । हालसम्म संक्रमित हुनेको संख्या ४९ हजार ४ सय पुगेको छ ।

भारता कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ६ सय ९३ पुगेको वल्र्डोमिटर इन्फोमा उल्लेख छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन भारतमा तीन हजार नौ सय नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको ज्यान गएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्र रहेको छ । त्यहाँ अहिलेसम्म कोरोना भाइरसको कारण करिब १५ हजार ५२५ जना संक्रमित भइसकेका छन् भने ज्यान जानेको संख्या ६१७ पुगेको छ ।

भारतको गुजरातमा ६ हजार दुई सयभन्दा बढि संक्रमित फेला परेको जनाइएको छ । त्यस्तै ३६८ जनाको ज्यान गइसकेको छ । मध्य प्रदेशमा पनि तीन हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १७६ जनाले ज्यान गुमाएका छन् ।

advertisement

त्यस्तै पश्चिम बंगालमा एक हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेका छन् भने १४० जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार आठ सय ८० जनामा संक्रमण हुँदा ५६ जनाको ज्यान गइसको छ । बिहारमा हालसम्म ५३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?