एजेन्सी, २५ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमणको महामारी आउनुमा फेरि पनि चीनको नै हात रहेको आरोप लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकामाथि अहिलेसम्म भएका सबै खाले आक्रमण भन्दा घातक कोरोनाभाइरसको सङ्क्रमण रहेको बताउँदै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा आफ्नो देशको कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलालाई स्मरण गर्दै ति हमलाहरु भन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको राष्ट्रपति ट्रम्पको भनाइ रहेको छ ।




