दुबई, २४ बैशाख । कोरोना भाइरसको संक्रमणबाट यूएईमा एक नेपालीको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु भएका उनी १५ वर्षदेखि दुबईमा कार्यरत थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनी वैशाख ५ गते अस्पतालमा भर्ना भएका थिए । उनको घर नेपालको अर्घाखाँची रहेको जनाइएको छ ।

४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको बताइएको छ।




