advertisement

‘बार्सिलोनामा बिताएको ६ महिना अविस्मरणीय रहयो । सुरुवातमा त बार्सिलोनाको क्लबले अनुबन्ध गर्न खोज्यो भन्दा एस्पान्योल भन्ने बुझें । तर पछि बार्सिलोना नै भनेपछि विश्वास गर्न सकिन ।’

‘मेस्सीसँग प्रशिक्षण गर्दा म निशब्द भएँ । मैले सधैं क्रिस्टियानो रोनाल्डो नै विश्वको सर्वोत्कृष्ट खेलाडी भन्थें । तर हाेइन रहेछ, मेस्सी निकै फरक छन् । उनी असामान्य छन् ।’

‘उनीसँग प्रशिक्षण गर्दा मैले करिअरमा नै पहिलो पटक आफूमा केहि नपुगेको महसुस गरें । उनले मैदानभित्र खेलेको हेर्दा चकित परें । मलाई त लाग्यो, ‘अब पुग्यो, मैले सन्न्यास लिनुपर्छ ।’

बोटेङ आफ्नो फुटबल करिअरमा एक यात्रीजस्तो रहेका छन् । उनले इंग्ल्यान्ड, जर्मनी, इटाली र स्पेनको क्लबबाट खेलेका छन् । आफ्नो करिअरमा टोटेनहम, एसी मिलान, बोरुसिया डर्टमुन्ड, बार्सिलोना लगायत क्लबबाट खेलेपनि उनले अझै राम्रो गर्न सक्ने क्षमता आफुमा रहेको बताए ।

विशेषगरी सन् २००७ देखि २००९ सम्म टोटेनहमबाट खेल्दा मैदानभित्रको असफलता लुकाउन उनले मैदान बाहिर अनेक प्रयास गरेर भुल्न चाहेको स्वीकारे ।

‘टोटेनहम जाँदा म निकै युवा थिएँ । मैले एक समय आफ्नो मनभित्रको पिडा बिर्साउन तीन ओटा सानदार कार किने । म खुसी किन्ने प्रयास गरिरहेको थिएँ । मैदानमा खेल्न नपाए म खुसी थिइनँ र बाहिर अनेक चर्तिकला गर्न पुगें । यदि अहिले पाएँ भने त्यो समय परिवर्तन गर्न चाहन्छु ।’

‘अधिकांश समय मैले आत्मविश्वासका साथ आफ्नो कला र कौशलमा भर गरेको छु । कहिले पनि घमण्ड गरिन । मैले चाहेको भए अझै राम्रो गर्न सक्थें । तर यसका बाबजुद मेरो करिअर सुन्दर रहयो ।’

" /> खेलकुद Archives - Page 61 of 68 - Sarbocha Media

खेलकुद

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 59 60 61 62 63 68