advertisement

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि बार्सिलोनालाई अपेक्षित नतिजा दिन सकिरहेका छैनन् । हाल बार्सिलोना ला लिगाको ११ औँ स्थानमा शीर्ष स्थानमा रहेको रियल सोसिडाडभन्दा ९ अंकले पछि रहेको छ ।

तर, अहिलेको विवादको केन्द्र भने एथ्लेटिको म्याड्रिडका पूर्व स्ट्राइकर ग्रिजमान रहेका छन् । थप सफलताका लागि बार्सिलोना आएका उनीको प्रदर्शन हालसम्म निरश रहेको छ । तर, उनको अंकल इमानुएल लोपेज र पूर्व एजेन्ट एरिक ओल्हाट्सले ग्रिजमानको बचाऊ गर्दै मेस्सी उनको असफलताको कारण भएको आरोप लगाएका छन् ।

‘उसलाई थाहा थियो कि पहिलो ६ महिना उनी बार्सिलोनामा सफल हुँदैनन्, तर मलाई त्यो एक वर्ष नै लाग्छ भन्ने अपेक्षा थिएन,’ लोपेजले भने, ‘त्यसमा पनि मेस्सी भएर क्लबमा जे भइरहेको छ, त्यहाँ सहज छैन ।’

‘मेस्सी बार्सिलोनामा मिहिनेत गर्दैनन् र प्रशिक्षण पनि केही व्यक्तिहरुलाई खुसी बनाउनका लागि तय गरिएको छ,’ उनले आरोप लगाए ।

अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किएका एल प्राट विमानस्थलमा पत्रकारहरुलाई छोटो तर तिखो प्रतिक्रिया दिए । गोलडटकमका अनुसार ३३ वर्षीय खेलाडीलाई स्पेन फर्कने बित्तिकै करका अधिकारीहरुले आवश्यक कागजात मागेका कारण मेस्सी थप क्रुद्ध थिए ।

‘म क्लबमा सबैको समस्या बन्दा–बन्दा वाक्क भइसकेँ,’ मेस्सीले भने, ‘म यहाा १५ घण्टा लामो उडानपछि आइपुगेको छु र यहाँ करको अधिकारी भेट्छु । यो त अति भयो ।’

" /> म सबैको समस्या बन्दा वाक्क भइसके : मेस्सी - Sarbocha Media

म सबैको समस्या बन्दा वाक्क भइसके : मेस्सी

`

     २०७७ मंसिर ०४ गते ९:२६

एजेन्सी, ४ मंसिर । आफ्नो कारण एन्टोनी ग्रिजमान बार्सिलोनाको जीवनमा अभ्यस्त हुन नसेको आरोपको खण्डन गर्दै लियोनेल मेस्सीले आफू क्लबभित्रको असफलतालाई बोक्दा–बोक्दा वाक्क भइसकेको बताएका छन् । फ्रान्सका स्ट्राइकरका अंकल र पूर्व एजेन्टले मेस्सी क्याम्प नाउका सबै समस्याको जड भएको आरोप लगाएपछि मेस्सीले सो प्रतिक्रिया जनाएका हुन् ।

पछिल्लो वर्ष मेस्सी र बार्सिलोनाबीचको सम्बन्ध चिसिएको थियो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार ब्यहोर्दै बार्सा सन् २०१९–२० सिजनमा उपाधिविहीन रह्यो । त्यसपछि क्लब छाडेर जान चाहेका मेस्सी र क्लबबीच उनको करारको विषयलाई लिएर द्वन्द्व नै चल्यो । मेस्सी अन्ततः क्लबमा नै रहे पनि अक्टोबरको अन्त्यमा क्लबका अध्यक्ष र बोर्ड अफ डाइरेक्टरले राजीनामा नै दिन बाध्य बने ।

advertisement

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पनि बार्सिलोनालाई अपेक्षित नतिजा दिन सकिरहेका छैनन् । हाल बार्सिलोना ला लिगाको ११ औँ स्थानमा शीर्ष स्थानमा रहेको रियल सोसिडाडभन्दा ९ अंकले पछि रहेको छ ।

तर, अहिलेको विवादको केन्द्र भने एथ्लेटिको म्याड्रिडका पूर्व स्ट्राइकर ग्रिजमान रहेका छन् । थप सफलताका लागि बार्सिलोना आएका उनीको प्रदर्शन हालसम्म निरश रहेको छ । तर, उनको अंकल इमानुएल लोपेज र पूर्व एजेन्ट एरिक ओल्हाट्सले ग्रिजमानको बचाऊ गर्दै मेस्सी उनको असफलताको कारण भएको आरोप लगाएका छन् ।

‘उसलाई थाहा थियो कि पहिलो ६ महिना उनी बार्सिलोनामा सफल हुँदैनन्, तर मलाई त्यो एक वर्ष नै लाग्छ भन्ने अपेक्षा थिएन,’ लोपेजले भने, ‘त्यसमा पनि मेस्सी भएर क्लबमा जे भइरहेको छ, त्यहाँ सहज छैन ।’

‘मेस्सी बार्सिलोनामा मिहिनेत गर्दैनन् र प्रशिक्षण पनि केही व्यक्तिहरुलाई खुसी बनाउनका लागि तय गरिएको छ,’ उनले आरोप लगाए ।

अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किएका एल प्राट विमानस्थलमा पत्रकारहरुलाई छोटो तर तिखो प्रतिक्रिया दिए । गोलडटकमका अनुसार ३३ वर्षीय खेलाडीलाई स्पेन फर्कने बित्तिकै करका अधिकारीहरुले आवश्यक कागजात मागेका कारण मेस्सी थप क्रुद्ध थिए ।

‘म क्लबमा सबैको समस्या बन्दा–बन्दा वाक्क भइसकेँ,’ मेस्सीले भने, ‘म यहाा १५ घण्टा लामो उडानपछि आइपुगेको छु र यहाँ करको अधिकारी भेट्छु । यो त अति भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?