सम्झौताअनुसार ललितपुर महानगरपालिकाले रु २० लाख उपलब्ध गराउने छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालको महिला क्रिकेटलाई अगाडि बढाउने उद्देश्यका साथ क्यानलाई सहयोग गरीएको बताएको छ । क्रिकेट प्रतियोगिता सञ्चालन गर्न आगामी दिनमा पनि क्यानलाई सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर महानगरपालिकासँग गरिएको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताए । टी–२० महिला क्रिकेट प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत पुसमा सम्पन्न प्रधानमन्त्री कप महिला प्रतियोगिताको सेमिफाइनल खेलेका प्रदेश नं १, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको टोली तथा ललितपुर महानगरपालिकाको टोलीले सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले एक लाख ५० हजार, उत्कृष्ट खेलाडीले रु २५, उत्कृष्ट ब्याट्सवुमन र उत्कृष्ट बलरले जनही रु १५ हजार तथा ‘प्लेयर अफ दी म्याच’ले रु तीन हजार पुरस्कार प्राप्त गर्ने छन् । यसअघि गत महिना काठमाडौँ मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भएको थियो ।
उक्त प्रतियोगिताको उपाधि पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै जितेको थियो । उपाधिसँगै पुलिस क्लबले रु ५ लाख पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता एपिएफ क्लबले रु ३ लाख पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ को टोली सहभागी भएका थिए ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए