प्रतिस्पर्धा २२ चैतमा हुने भएको छ । प्रदेश संयोजक दीपक गुरुङका अनुसार प्रतिस्पर्धाले नयाँ खेलाडी उत्पादनमा मद्दत पुर्‍याउने छ । उनका अनुसार यो प्रतिस्पर्धालाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको बनाउने भएको छ ।

महिला र पुरुष दुवैतर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्ने आयोजकको भनाइ छ । यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद ५ ५ हजार प्राप्त गर्ने छन् ।

म्याराथन गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, चाबहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जय नेपाल हल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानीलकण्ठ प्रहरी बिट हुँदै पुनः सोही स्थानमा आएर समापन हुने भएको छ ।

" /> पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा हाफ म्याराथन हुने - Sarbocha Media

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा हाफ म्याराथन हुने

`

     २०७७ फाल्गुन १३ गते ६:१०

काठमाडौँ, १३ फागुन । पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को सम्झनामा महिला तथा पुरुष हाफ म्याराथन आयोजना हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

प्रतिस्पर्धा २२ चैतमा हुने भएको छ । प्रदेश संयोजक दीपक गुरुङका अनुसार प्रतिस्पर्धाले नयाँ खेलाडी उत्पादनमा मद्दत पुर्‍याउने छ । उनका अनुसार यो प्रतिस्पर्धालाई भविष्यमा अन्तर्राष्ट्रिय स्तरको बनाउने भएको छ ।

महिला र पुरुष दुवैतर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्ने आयोजकको भनाइ छ । यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद ५ ५ हजार प्राप्त गर्ने छन् ।

म्याराथन गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, चाबहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जय नेपाल हल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानीलकण्ठ प्रहरी बिट हुँदै पुनः सोही स्थानमा आएर समापन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?