दैलेख, १९ फागुन । सेना दिवसको अवसरमा नेपाली सेनाको ४ नम्बर बाहिनी अन्तर्गत दैलेखमा तैनाथ ईन्द्रदल गुल्मको आयोजनामा म्याराथन दौड सञ्चालन हुने भएको छ ।
यही फागुन २४ गते दैलेखको काँडाचौर (नारायण नगरपालिका वडा नम्बर६) देखि ऐतिहासिक कोतगढीसम्म २१ किमि खुल्ला हाफ म्याराथन तथा दैलेखस्थित सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारी तथा दैलेख जिल्लावासी हरुलाई मात्र समावेश गराई जिल्लागत ५ किमि दौड प्रतियोगिता समेत संचालन हुन गइरहेको सेनाले जनाएको छ ।




