दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकूद विकास समितिमा क्लब दर्ता भएको, क्लबको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाका आधिकारिक क्लब गरी १६ टोलीले सहभागिता जनाउने बताएको छ ।

पहिले दर्ता हुन आउने क्लबलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भए पनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि चैत १ गतेभित्र आ–आफ्नो समूह दर्ता गराइ सक्नु पर्ने आयोजक एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रतिसमूह रु २२ हजार २२२ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही रु ५ हजार नगद ट्रफी तथा मेडल प्रदान गरिने भएको छ ।

सर्वोत्कृष्ट खेलाडीलाई रु ७ हजार नगदका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ‘म्यान अफ दी म्याच’लाई नगद रु १ हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।

" /> खोटाङ दिक्तेलमा चैत ४ गतेदेखि अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिता हुँदै - Sarbocha Media

खोटाङ दिक्तेलमा चैत ४ गतेदेखि अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिता हुँदै

`

     २०७७ फाल्गुन २८ गते ९:०५

खोटाङ, २८ फागुन। खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आगामी चैत ४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकूद विकास समितिमा क्लब दर्ता भएको, क्लबको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाका आधिकारिक क्लब गरी १६ टोलीले सहभागिता जनाउने बताएको छ ।

पहिले दर्ता हुन आउने क्लबलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भए पनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि चैत १ गतेभित्र आ–आफ्नो समूह दर्ता गराइ सक्नु पर्ने आयोजक एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रतिसमूह रु २२ हजार २२२ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही रु ५ हजार नगद ट्रफी तथा मेडल प्रदान गरिने भएको छ ।

सर्वोत्कृष्ट खेलाडीलाई रु ७ हजार नगदका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ‘म्यान अफ दी म्याच’लाई नगद रु १ हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?