नेपालका लागि सन्दीप लामिछानेले नै तेस्रो सफलता दिलाएका हुन्। उनले ५५ रन बनाएर खेलिरहेका बेन कुपरलाई आउट गरेका हुन्। कुपरले नेदरल्याण्डका लागि ३५ बल खेल्दै १० चौकासहित ५५ रन बनाएका थिए।

यसअघि नेदरल्याण्ड्सले दोस्रो विकेटका रूपमा टोभिएस भिसेलाई गुमाएको थियो। उनलाई स्पिनर सन्दीप लामिछानेले आउट गरेका हुन् । भिसेले ११ बलमा ३ चौकासहित १५ रन बनाएका थिए।

यसअघि पनि नेदरल्याण्ड्सले पहिलो विकेटका रूपमा विस्फोटक ब्याट्सम्यान म्याक्स ओ’दाउदलाई गुमाएको थियो। उनलाई पनि सन्दीप लामिछानेले नै ९ रनमा एल्बीडब्लू आउट गरे । म्याक्सले अघिल्लो खेलमा मलेसियाविरुद्ध १३३ रनको सतकीय पारी खेलेका थिए ।

यो सँगै सन्दीले टी-२० अन्तर्राष्ट्रियमा ४१ विकेट पुरा गरेका छन्।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले।

कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाए । जारी सिरिजमा उनको यो लगातार तेस्रो अर्धतकीय पारी हो । योसँगै कुशलले डेब्यू टी-२० सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्वकीर्तिमान पनि बनाएका छन्।

त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरे । उनले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाएका थिए।

बलिङमा नेदरल्याण्डका भिभियन किंग्मा, कप्तान पीटार सीलारले २/२ बासडी लिडे र आर्यन दत्तले १/१ विकेट लिएका थिए।

" /> खेलकुद Archives - Page 53 of 68 - Sarbocha Media

खेलकुद

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 51 52 53 54 55 68