एजेन्सी, ५ वैशाख । बार्सिलोनाले यो बर्षको कोपा डेल रेको उपाधि जितेको छ। शनिबार राति भएको कोपा डेल रे प्रतियोगिताको उपाधि जित्दै बार्सिलोनाले यो सिजनको पहिलो उपाधि जितेको हो। यो संगै बार्सिलोना कोपाको उपाधि
सार्वधिक ३१ औँ पटक जित्न सफल भएको छ ।
शनिबार राति भएको उपाधि भिडन्तमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४ गोलले पराजित गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा १२ मिनेटको अन्तरमा चार गोल गर्यो।
खेलको ६० मिनेटमा ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लियो।
६३ मिनेटमा डे जोङले बार्सिलोनाको अग्रता दोब्बर पारे। त्यसपछि कप्तान लिओनल मेसीले दुई गोल गरे।
मेस्सीले खेलको ६८ र ७२ मिनेटमा गरी दुई गोल गरेका हुन्।




