आर्थिक वर्ष २०७७र०७८ मा आयात निर्यात इतिहासकै उच्च भएको हो । निर्यातमा समेत वृद्धि भए पनि आयातको तुलनामा भने ज्यादै न्यून निर्यातको अवस्था हो । गत वर्ष निर्यात ४४।४३ प्रतिशतले बढेको छ । कुल निर्यातको झन्डै ५० प्रतिशत निर्यात वनस्पतिजन्य तेलको भएको विभागले भनेको छ ।
भारतसँग ९ खर्ब र चीनसँग २ खर्ब बढीको व्यापार घाटा
नेपालको सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ । गत वर्ष नेपालले भारतबाट मात्रै ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको मालवस्तु आयात गरेको छ । नेपालले पनि भारतलाई १ खर्ब बढीको मालवस्तु पठाएको तथ्याङ्कमा देखिन्छ । यस आधारमा हेर्दा भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ६५ अर्ब २३ करोड बराबरको पुगेको छ ।
यता नेपालको अर्को छिमेकी मुलुक चीनबाट पनि २ खर्ब ३३ अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । जबकि यो देशमा नेपालले १ अर्बको मात्र निर्यात गर्न सकेको छ । यस आधारमा यो देशसँग २ खर्ब ३२ अर्ब बढी व्यापार घाटा रहेको छ ।
पेट्रोलियम पदार्थको आयात २ खर्ब १४ अर्ब ४०९ करोड रुपैयाँ बराबरको भएको छ । स्टिल तथा आइरन १ खर्ब ५३ अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको छ । तरकारी मात्र ३८ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी आयात भएको छ ।
भन्सार राजस्व लक्ष्य भन्दा बढी
नेपालको राजस्व भन्सार राजस्वमा निर्भर छ । गत आर्थिक वर्ष सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व पनि उठायो । भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ उठेको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले बताए । सो वर्ष ४ खर्ब ४० अर्ब भन्सार राजस्व उठाउने लक्ष्य थियो । वस्तु आयातबाट मात्र ४ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।
१९ देशसँगको व्यापार नाफामा
नेपालले असाध्यै न्यून मात्र आयात तथा निर्यात गर्ने १९ देशसँग भने नेपालको वैदेशिक व्यापार नाफामा छ ।
यमन, त्रिनिदाद, सिरियन अरब रिपब्लिक, सामोअ, न्यु क्यालेडोनिया, मोन्टेनेग्रो, मंगोलिया, मौरिसस, माल्दिभ्स, लेबनान, किर्गिजिस्तान, होण्डुरस, फिजि, एस्टोनिया, कंगो, चद, बोस्निया, बाहमास, अर्मेनिया, अंगुलिया लगायतसँगको वैदेशिक व्यापार नाफामा रहेको तथ्याङ्कमा उल्लेख छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए