काठमाडौँ, ६ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
गत मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको भाउ समेत प्रतितोला ७ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको छ ।
तर यता चाँदीको भाउ भने केहिदिन यताको लगातार गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।




