काठमाडौँ,विहीबार, ०२ कार्तिक। विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको राष्ट्रपति कार्यालय शीतल निवासले समयतालिका सार्वजनिक गरेको छ । बिहीबार एक प्रेस नोट जारी गरी राष्ट्रपति कार्यालयले कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो ।
विशिष्ट व्यक्तिहरुका लागि बिहान २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपति पौडेलले टिका प्रसाद प्रदान गर्ने जनाइएको छ । टिका ग्रहण गर्न जाने व्यक्तिले मर्यादित पोशाक लगाउन र राष्ट्रपतिका कार्यालयको १ नम्बर प्रवेशद्वार प्रयोग गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।




