गाजाबाट १० लाख बढी प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भाग

`

     २०८० कार्तिक ०२ गते ११:५५

कार्तिक २, बिहीबार । गाजाबाट करिब १० लाख बढी प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेको संयुक्त राष्ट्र संघले जनाएको छ । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ।

पछिल्लो संयुक्त राष्ट्रको मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय खोज्ने लगभग ३ लाख ५२ हजार मानिसहरू समावेश छन् । युएनरडब्लुएले स्कूलहरू भित्रका अवस्थाहरूलाई ‘बढ्दो रूपमा डरलाग्दो’ भनेर वर्णन गरेको छ। ती मध्ये एउटा विद्यालय, मध्य गाजाको अल मगाजी शरणार्थी शिविरमा मात्रै लगभग ४ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू आश्रय लिइ रहेका थिए । जसमाथी इजरायली हवाई हमला परे पछि कम्तिमा छ जनाको मृत्यु भएको राष्ट्र संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?