काठमाडौँ, २१ आश्विन । प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरेका छन् । प्रधानमसेनापति शर्मा सहितको टोली आज (शनिबार) बिहान बेलायतको औपचारिकक भ्रमणका लागि तेसतर्फ प्रसथान गरेका हुन् ।
बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने छन् ।
बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघाको पनि कार्यक्रम रहेको छ । उनले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता हुनेछ ।
प्रधान सेनापति शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।