चीनको जनसङ्ख्या २० लाख ८० हजारले घट्यो

`

     २०८० माघ ०५ गते ११:३४

काठमाडौँ, माघ ५ । सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ । जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ ।

चिनिया सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ । यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिइएको छ । साथै, जन्मदरमा आएको गिरावटले चीनका लागि ठूलो समस्या खडा गर्न सक्ने आशंका गरिएको छ ।

हाल चीनको जनसंख्या १४० करोड छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा चीन दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?