कोशी प्रदेश सरकार र पहिचानवादीहरुबिच वार्ता सुरु

`

     २०८० माघ २५ गते ४:३१

काठमाडौँ, २५ माघ । कोशी प्रदेश सरकार र पहिचानवादी प्रतिनिधिबिच वार्ता सुरु भएको छ । पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष समिति तयार भएपछि वार्ता भएको हो । केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो ।

कोशी प्रदेश सरकारले सङ्घर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो । टोलीमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिवको रूपमा छन् ।

वार्तामा प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन् ।

आजको वार्तामा दिवस राई र लाक्पा शेर्पा भने अझै आइपुगेका छैनन् । उनीहरू काठमाडौँबाट आउँदै गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?