काठमाडौँ, असोज २१ गते । अफगानिस्तानमा शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प जादा १०० जनाभन्दा बढीको मृत्यु भएको छ ।
खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ ।
भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा थियो । भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित छ । सयौं घर भत्किएका छन् । हजारभन्दा बढी घाइते भएका छन् ।




