फिलिपिन्समा ज्वालामुखी विस्फोट, हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारियो

`

     २०८० ज्येष्ठ २८ गते १०:१४

एजेन्सि, जेठ २८ । फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकालिन घोषणा गर्दै हजारौंलाई अन्यत्र सारिएको छ ।

फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।

अधिकारीहरुका अनुसार आउने ज्वालामुखी बिष्फोट पछि हुने धुलोको मुस्लोले मानिसहरुलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । टाइफून गुचोल क्षेत्रवाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पुर्वसुचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?