काठमाडौँ, जेठ १ । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।
साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना छ ।