काठमाडौँ, २१ बैशाख । पछिल्लो २४ घण्टामा कोरोनबाट एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १३०१ जनामा नमुना परीक्षण गर्दा बिहीबार थप ४३ जनामा संक्रमण पुष्टि भएको र एकको निधन भएको हो ।
कोरोना सक्रिय संक्रमितको संख्या २०२ पुगेका पनि मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट निको भएर ५० जना घर फर्किएका छन् ।