वैशाख १८ बाट हिल्सा नाका खुल्ने

`

     २०७९ चैत्र १९ गते १:४४

काठमाडौँ, चैत्र १९ । आगामी वैशाख १८ गतेबाट हुम्लाको हिल्सा नाका खुल्ने भएको छ । शनिबारबाट चीनले रसुवागढीस्थित केरूङ नाका पूर्णरूपमा सञ्चालनमा ल्याएसँगै हुम्लाका व्यवसायी हिल्सा नाका खोल्ने आशमा रहेका छन् ।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०२३ मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा चिनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएका नाका पूर्णरुपमा खोल्ने सहमति भएको हो ।

सोही अनुसार शनिबारबाट सुवागढी–केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएको छ भने सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) बाट तातोपानी–झाङ्मु र हिल्सा–पुराङ (ताक्लाकोट) नाका पूर्णरूपमा सञ्चालन गर्ने भएपछि हुम्लाका व्यवसायीले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?