काठमाडौं, मंसिर ९ । काठमाडौं महानगरले आफ्नो क्षेत्रमा रहेको सबै जमिनलाई गैरकृषि भूमिमा वर्गिकरण गरेसँगै कित्ताकाट खुलेको हो।
भू–उपयोग परिषद्ले अध्ययन गर्दा काठमाडौं महानगरभित्र कृषियोग्य जमिन नभेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ।
सरकारले स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरण गर्नाका लागि कित्ताकाट रोकेको छ।
अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।
सरकारले मंसिर भित्रमा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको छ।




