भूकम्पपछिको पश्चिम नेपालको अवस्थालाई नियालिरहेका छौं: अमेरिकी राजदूत थम्पसन

`

     २०७९ कार्तिक २३ गते १२:१९

काठमाडौँ, कार्तिक २३ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले गएरातिको भूकम्प पश्चात पश्चिम नेपालको अवस्थालाई नियालीरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् ।

गएराति सुदूरपश्चिमको डोटी केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भुकम्प गएको थियो । उक्त भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

‘पश्चिम नेपालमा गएका धेरै भूकम्पका बारेमा हामी जानकार छौं र अवस्थालाई हामीलाई नियालीरहेका छौं,’ राजदूत थम्पसनले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?