एसएसपी वसन्त कुँवरको नेतृत्वमा सौन्दर्य प्रतियोगी बलात्कारी मनोज पाण्डे पक्राउ

`

     २०७९ ज्येष्ठ ०७ गते ७:३५

काठमाडौं, जेठ ७ । अपराध महाशाखाको टोलीले ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको छ। एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो ।

गृह मन्त्रालयले भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको थियो। प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । शुक्रबार यो विषय संसद्‍मा समेत उठेको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?