काठमाडौँ, जेठ ६ । चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको ज्यान लिएको छ ।
हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को बसेनीमा म्याजिकमा सवार १ र भोजाडमा अटोमा सवार २ जनाको च्यापिएर ज्यान गएको छ ।
राती वर्षा सहित आएको भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका बिजुलीका सबै पोल भाँचिदिएको छ ।
हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ ।




