चितवनमा सवारी चालक अनुमति पत्र दिन तयारी

`

     २०७९ वैशाख १४ गते १०:३८

काठमाडौँ, १४ बैशाख । आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ ।जिल्लामा दुईपांग्रे, तीनपांग्रे तथा चारपांग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिन लागिएको हो ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवश्यक पर्ने परीक्षास्थल र सवारीसाधन उपलब्ध गराएबापत परीक्षार्थीसँग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो ।

जिल्लामा धेरै सवारीसाधन गुड्ने भए पनि सवारी अनुमतिपत्र लिन हेटौंडा वा काठमाडौं पुग्नुपर्ने बाध्यता छ । हाल यस प्रदेशमा हेटौंडामा एक ठाउँ र काठमाडौंमा चार ठाउँमा सवारी चालक अनुमतिपत्र दिइँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?