चामलको भन्सार महसुल १५ प्रतिशतले बढाउन माग

`

     २०७८ चैत्र ३० गते १०:४१

काठमाडौँ, ३० चैत्र । नेपाल चामल, दाल, तेल उद्योग संघले चामलको भन्सार महसुल बढाउन माग गरेको छ । चामलको भन्सार महसुल १५ प्रतिशतले बढाउनु पर्छ भन्दै संघले राजश्व परामर्श समिति र भन्सार विभागलाई माग गरेको हो ।

चामलको आयातबाट व्यापारीलाई मात्रै फाइदा पुग्ने भएकाले यसमा भन्सार महसुल बढाउन र धानको भन्सार महसुल १ प्रतिशत बनाउन संघका अध्यक्ष सुबोधकुमार गुप्ताले माग राखे । संघले समिति र विभागलाई तीन बुँदे सुझाव समेत पेस गरेको छ ।

‘चामलको सट्टा धान आयात सहज बनाएमा वर्षैपिच्छे करोडौँको भुस आयात गर्नुपर्दैन । यस्तै, स्वदेशी लगानीमा स्थापना भएका चामल उद्योग र श्रमिकले समेत रोजगारी पाउँछन्,’ गुप्ताले भने, ‘चामल मिलबाटै भुस उत्पादन हुने भएकाले आयात गर्नुपर्दैन ।’ यसो गर्न सकेमा नेपालको औद्योगिक वातावरण सुधारिने लगायतको सुझाव संघले पेस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?